धरानः धरानबाट काकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बसमा सवार एक यात्रुको सिटमै मृत्यु भएको छ ।
काकडभिट्टातर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक यातायातको बसमा चढेकी मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारीसेलिङ चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको झिलझिलेमा पुगेपछि सो बसमा सवार अन्य यात्रुले महिला सिटमै ढलेको देखेपछि प्रहरीलाई खबर गरिएको सवारी चालकले जनाएका छन् । शुक्रबार करिब ६ बजे सो घटना भएको हो ।
अचेत अवस्थाकी चेम्जोङलाई स्थानीय मेडिकल हलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल पुरयाउनासाथ उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । दीर्घरोगका कारण उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले आशंका गरेका छन् । मृतकका परिवारलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।