Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा केहीबेर तनाव, चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको आफन्तको आरोप

हाम्रो कोशी आवाज
चैत्र १० २०८१, आइतबार
धरानको बीपी प्रतिष्ठानमा केहीबेर तनाव, चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको आफन्तको आरोप

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको भन्दै पीडितहरुले आरोप लगाएका छन् ।
धरान–१५ बस्ने ३० वर्षीया सविना श्रेष्ठ सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । श्रेष्ठको गर्भमा रहेको जुम्ल्याहा बच्चामध्ये एउटा गर्भमा नै मृत्यु भएको र अर्को बच्चा जीवितै हुनसक्ने भन्दै प्रतिष्ठानका चिकित्सकले अपरेशन गरेका थिए । अपरेशनपश्चात् दुवै बच्चाको मृत्यु भएको पाइएको चिकित्सकले जनाएका छन् । हाल आमाको अवस्था सुरक्षित छ ।
चिकित्सकले त्यति ध्यान नदिई लापरवाहीले गर्दा बच्चाको मृत्यु भएको भन्दै अस्पतालको गेटअगाडि नाराबाजी र होहल्ला गर्न थालेपछि केहीबेर तनावको स्थिति पैदा भएको थियो । होहल्ला हुन थालेपछि प्रहरी पुगेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी दिवस कुँवरले जानकारी दिए ।
शनिबार राति पीडित पक्ष र अस्पताल प्रशासन वार्तामा बसी छलफलपश्चात् छानविन समिति गठन गर्ने सहमति बनेपछि स्थिति साम्य बनेको प्रहरीले जनाएको छ ।
मृतक बच्चा हाल अस्पतालको शवगृहमै राखिएको प्रहरीले जनाएको छ ।
चिकित्सकको लापरवाहीले नै ज्यान गएको पीडित पक्षले आरोप लगाएका छन् । परिवारजनले चिकित्सकले शुरुमै ध्यान नदिएको आरोप लगाएका छन् ।
यता, अस्पताल प्रशासनले भने घटना विषयमा अनुसन्धान टोली बनाएर अनुसन्धान हुने र चिकित्सक दोषी देखिए कार्वाही गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: चैत्र १० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend