Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा चिट चोराउने शिक्षक र परीक्षा गार्डबाट निष्काशित, ‘हवाट्सएप ग्रुप’ बनाएर चिट चोराइयो

हाम्रो कोशी आवाज
चैत्र ११ २०८१, सोमबार
सुनसरीमा चिट चोराउने शिक्षक र परीक्षा गार्डबाट निष्काशित, ‘हवाट्सएप ग्रुप’ बनाएर चिट चोराइयो

सुनसरीः सुनसरीमा चिट चिट चोराउने शिक्षक र परीक्षा गार्ड निष्काशित भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइलमार्फत् ‘हवाट्सएप’ प्रयोग गरी भित्रको प्रश्नपत्र बाहिर पठाएर सबै उत्तर लेखी पठाउन र विद्यार्थीलाई सिकाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्काशित गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
परीक्षा निरीक्षकले ‘हवाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्न पत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको खुलेको छ । परीक्षा चलिरहँदा परीक्षा सुरक्षा गार्डले नै चिट चोर्न सहयोग गरेको भेटिएपछि दुईजना गार्ड र शिक्षक पक्राउ गरिएको प्रजिअ मिश्रले जानकारी दिए ।
अनुगमन टोलीले केन्द्रमा खटाइएका प्रावि शिक्षकको मोबाइलमा रहेको हवाट्सएप मार्फत च्याट गरेर चिट चोराएको खुलेपछि पक्राउ परेका शिक्षक र गार्डलाई निष्काशन गरिएको उनले जानकारी दिए ।
हवाटसएपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी संख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीनजना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
यसैबीच सुनसरी सदरमुकाम इनरुवामा केही परीक्षा केन्द्रमा प्रावि तहका तर शैक्षिक योग्यता डिग्री भएको र निजी विद्यालयका सञ्चालक तथा पढाउने शिक्षक समेतलाई निरीक्षकमा राखेर चिट चोराएको गुनासो बढ्दै गएको थियो । त्यसपछि अनुगमन भएको थियो । निजी र सामुदायिक दुवैतर्फको पहुँचवाला विद्यार्थीलाई मात्रै सिकाएको र चिट चोराएकाले परीक्षार्थीबाटै यस्तो गुनासो बाहिर आएको थियो ।
प्रमुख जिल्ला अधिकारी मिश्रले परीक्षा मर्यादिन हुने र कोही कसैले अर्मादित गरेको खण्डमा कानुनी कार्वाही हुने बताए ।

प्रकाशित मिति: चैत्र ११ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend