Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१९ वर्षीया युवतीको शव गाडेको अवस्थामा भेटेपछि श्रीमान समातिए

हाम्रो कोशी आवाज
चैत्र १५ २०८१, शुक्रबार
१९ वर्षीया युवतीको शव गाडेको अवस्थामा भेटेपछि श्रीमान समातिए

धरानः इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ।
फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो।
शव उत्खनन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।
शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए। प्रहरीले युवतीका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ।
देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल यही चैत १ गतेदेखि बेपत्ता थिइन्। हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए।

प्रकाशित मिति: चैत्र १५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend