धरानः उदयपुरको बेलका नगरपालिका–६ स्थित खोला किनारमा वेवारिसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मूर्तिखोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो ।
वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याइएको र ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान भइरहेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका–१२ का रोहित झा र विवेक विकलाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्कीसहित पक्राउ गरेको छ ।