Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घाँस काट्दै गरेका राईको रुखबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १८ २०८१, सोमबार
घाँस काट्दै गरेका राईको रुखबाट लडेर मृत्यु

धनकुटाः धनकुटामा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजनाको ज्यान गएको छ ।
शहीदभूमि गाउँपालिका वडा नम्बर ३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको रुखबाट लडेर ज्यान गएको हो । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चडेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
रुखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते रहेका राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । उपचारको लागि धनकुटा जिल्ला अस्पतालमा ल्याउना साथ चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको खनालले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend