धरानः सुनसरीको इनरुवामा धरान आउँदै गरेको बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हरिनगरा गाउँपालिका ३ बस्ने ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको इनरुवा–६ दक्षिणकाली पेट्रोल पम्पस्थित पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल सुनसरी पुरयाउना साथ सोमबार राति साढे ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार देवानगञ्ज गाउँपालिका २ बस्ने ५७ वर्षीय गुगली मेहता समेत घाइते भएको प्रहरीले जनाएको छ । बस चालक लहान नगरापालिका १५ बस्ने वर्ष ३४ को सूर्यनारायण चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना हुनुअघि बस तीब्र गतिमा रहेको प्रहरीले जनाएको छ ।