Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मदन भण्डारी लोकमार्गः धरानदेखि बाहुनडाँगीसम्मको रुख कटान तीब्र

हाम्रो कोशी आवाज
चैत्र १९ २०८१, मंगलबार
मदन भण्डारी लोकमार्गः धरानदेखि बाहुनडाँगीसम्मको रुख कटान तीब्र

मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।
मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए।
कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान कार्य जारी रहेको दत्तले जानकारी दिए ।
‘मन्त्रिपरिषद्को बैठकले राजमार्गको पूर्वी खण्डको वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको छ’, उनले भने, ‘भोगाधिकार प्राप्त भइसकेपछि वन कार्यालयसँग रूख कटानको स्वीकृति लिएका छौँ, अब धमाधम रूख कटान कार्य अघि बढिरहेको छ ।’ झापा र इलामको सीमावर्ती क्षेत्र हुँदै सुखानीदेखि बाहुनडाँगीको पाटापुरसम्मको ३१ किलोमिटर र सुनसरी–मोरङ क्षेत्रको ४६ किलोमिटर राजमार्ग क्षेत्रमा सडक स्तरोन्नतिको कार्यमा वन क्षेत्रका रूख अवरोध बनिरहेका थिए, अब रूख कटान भइसकेपछि राजमार्गको निर्माण तीव्र हुने भएको छ ।
राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा र इलाममा छ हजार १७१, सुनसरीमा पाँच हजार ५०० र मोरङमा दुई हजार १६३ रूख कटान हुने भएका छन् । मोरङको वन क्षेत्रभित्रका रूख आगामी वैशाखभित्र कटान गरिसक्ने गरी काम भइरहेको कार्यालयका सूचना अधिकारी दत्तले बताए । सडक स्तरोन्नतिका लागि रूख कटान गर्न मन्त्रिपरिषद्को गत मंसिरमा भएको बैठकले नै भोगाधिकार स्वीकृति दिएको थियो ।
धरानदेखि मधुमल्लासम्मको सडकमा पर्ने वन क्षेत्रका सात हजार ६१० रूख हाल कटान भइरहेका र केराबारीदेखि मावा खोलासम्मको सडकखण्ड अन्तर्गतका दुई हजार १६३ रूख कटानको आदेश कार्यान्वयनको प्रक्रियामा रहेको थियो । सुनसरीमा पाँच हजार ५०० रूखमा छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भइसकेको र कटान आदेश कार्यान्वयनको प्रक्रियामा चलिरहेको जनाइएको छ ।
यसैगरी राजमार्गको गरुवा सुखानी सहादतस्थल–बरफलाङ्गफेदी तीन दशमलव ९२६ अन्तर्गत दुई दशमलव २१ हेक्टरमा पर्ने ४८३, शान्तिनगर–पाटापुर १३ दशमलव ८७४ किलोमिटरअन्तर्गतको सात दशमलव ७६ हेक्टरमा पर्ने तीन हजार ५० रूख हटाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकबाट जग्गा भोगाधिकारको निर्णय भएको छ । पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कुल लम्बाइ एक हजार २०० किलोमिटर रहेको छ । धरानदेखि हेटौँडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ ।

प्रकाशित मिति: चैत्र १९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • १३ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend