Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ललाइफकाई बालिका अपहरण

हाम्रो कोशी आवाज
चैत्र २१ २०८१, बिहिबार
सुनसरीमा ललाइफकाई बालिका अपहरण

धरानः सुनसरीमा बालिका अपहरणमा परेकी छिन् । एक व्यक्तिले ललाइफकाइ बालिका लिई फरार भएकोले उनको खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।
कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोल बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी इसु सदालाई घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारी चढाइ अपहरण गरी लगेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक, प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
त्यहाँस्थित वडाध्यक्षले सो विषय जानकारी दिएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बेला बेलामा सदाको घरमा आइरहने नाम, थर, वतन गाउँलेले समेत कसैलाई थाहा नभएको ती व्यक्ति घर आएर केहीबेर बसेको र बालिकालाई लिएर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायव उपरीक्षक खतिवडाको कमाण्डमा प्रहरी टोली खटी गई सिसीटिभी फुटेज समेतको विश्लेषण गरी स्थानीय मानिसहरुसँग बुझ्दा बालिका लैजाने ती व्यक्ति जिल्ला सप्तरी कन्चनरुप नगरपालिका वडा नं. १२ धरमपुर बस्ने आंफूलाई जितेन्द्र सदा बताउने जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनी विशेषगरी भारततर्फ समेत बसोबास गर्ने पाइएको प्रहरीले जनाएको छ । डिएसपी खतिवडाको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट समेत टोली परिचालन भई भारतीय काउन्ट पार्टसँग समन्वय गरी उनी जान सक्ने सम्भावित स्थानको पहिचान गरी बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २१ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend