Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा पक्राउ परेर छुटेलगत्तै गोली प्रहारमा संलग्न

हाम्रो कोशी आवाज
बैशाख ३ २०८२, बुधबार
सुनसरीमा पक्राउ परेर छुटेलगत्तै गोली प्रहारमा संलग्न

सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।
एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
गोली हान्नेमध्येका अर्का कामेश्वर यादवसहितका तीन जना फरार रहेका छन् । पक्राउ परेका र फरार रहेका तीन जना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उनले जानकारी दिए ।
घटनामा ६ जनाको संलग्नता रहेको थियो । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केहीदिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिहरू सीमावर्ती क्षेत्रमा गाँजा लगायत लागुऔषध तस्करी गर्ने समूह रहेको एसपी तिमल्सिनाले बताए। पहिले एउटै समूहमा बसेर तस्करी गर्दै आएका उनीहरूबीच पछिल्लो समय विवाद उत्पन्न भएपछि गोली प्रहारको अवस्था आएको उनले बताए।
‘पिन्टु एउटा समूह भयो। अर्को रविनकुमारको भयो। यसरी दुइटा समूहबीच विवाद भएको हो,’ उनले भने। अहिले दुई वटा कारणहरू खुलेका छन्। तर त्यसमा भेरिफाइ गर्ने काम भइरहेको पनि उनले बताए।
एक जनाले गाँजा कारोबार गर्नेक्रममा लेनदेन नमिलेको प्रारम्भिक बयान दिएका छन्। अर्काले भने एक लाख रूपैयाँको विवाद भएको पनि बताएका छन्। यद्यपि यसबारे फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेपछि थप खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बैशाख ३ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend