Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट बस चोरी, पार्टपुर्जा निकालिएको अवस्थामा फेला

हाम्रो कोशी आवाज
बैशाख १६ २०८२, मंगलबार
धरानबाट बस चोरी, पार्टपुर्जा निकालिएको अवस्थामा फेला

धरानः गत शुक्रबार धरानबाट हराएको बस विराटनगरमा फेला परेको छ। सुनसरीको धरानबाट यात्रुवाहक बस नै राखिएको ठाउँबाट चोरी भएको थियो।
धरान उपमहानगरपालिका–८ दुर्गा पथको ग्यारेजबाट प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चोरी भएको थियो। चोरी भएको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मङ्गलवारे चोकमा भेटिएको प्रहरीले जनाएको छ।
विराटनगरमा भेटिएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मङ्गलवार दिउँसो भेटिएको हो। विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको प्रहरी स्रोतले जनाएको छ।
मङ्गलवार दिउँसो मङ्गलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बस चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ। गाडी फेला परेको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा गएको टोलीले खुला चौरमा बस फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए।
फेला परेको बस खुल्ला चौरमा चारवटै चक्का र इन्जिन लगायत सामानहरू खोलेको अवस्थामा फेला परेको उनले बताए। सामान खोजी गर्ने क्रममा गीता साहले सञ्चालन गरेको मन्टु आइरन स्टोर कवाडी पसलमा फेला परेको प्रहरीले जनाएको छ।
कवाडी सञ्चालक फरार रहेको र अन्य अनुसन्धान भइरहेको उनले बताए

प्रकाशित मिति: बैशाख १६ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend