Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाँजा बोकेर धरान आउँदै गरेको कार प्रहरीले पछ्याउँदा दुर्घटनामा, चालक भागे, गाँजा बरामद

हाम्रो कोशी आवाज
बैशाख १७ २०८२, बुधबार
गाँजा बोकेर धरान आउँदै गरेको कार प्रहरीले पछ्याउँदा दुर्घटनामा, चालक भागे, गाँजा बरामद

धरानः धनकुटाबाट धरान आउँदै गरेको कारबाट प्रहरीले गाँजा बरामद गरेको छ ।
बुधबार बिहानै नमस्ते झरनास्थित कोशी राजमार्गबाट सो कारसहित गाँजा बराम गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोशी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको धनकुटाबाट धरानतर्फ जाँदै गरेको को२प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल विपद् ब्यबस्थापन वेश मूलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए ।
भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको समेत भएको थियो । दुर्घटनामा परेको कारमा चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।
कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । चालकको पहिचान भइसकेको र उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १७ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend