Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारमा रिसोर्ट र मल्टिपर्पोज कम्प्लेक्सदेखि बराहक्षेत्रमा केवलकारसम्म, १ खर्ब ५२ अर्बको लगानीमा हस्ताक्षर

हाम्रो कोशी आवाज
बैशाख १९ २०८२, शुक्रबार
भेडेटारमा रिसोर्ट र मल्टिपर्पोज कम्प्लेक्सदेखि बराहक्षेत्रमा केवलकारसम्म, १ खर्ब ५२ अर्बको लगानीमा हस्ताक्षर

धरानः विराटनगरमा सम्पन्न पहिलो लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको विभिन्न ४६ वटा परियोजनामा सम्झौता भएको छ ।
शुक्रबार सम्पन्न सम्मेलन अन्तर्गत उद्योगतर्फ सर्वाधिक १२ वटा परियोजनामा लगानीकर्ता र कोशी प्रदेश लगानी प्राधिकरणबीच सम्झौतामा हस्ताक्षर भएको प्राधिकरणका कार्यकारी प्रमुख डा. सरोज कोइरालाले जानकारी दिए ।
७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमान सहित लगानी सम्मेलन सुरु भएको थियो । लगानी सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अरब १९ करोडका परियोजनामा सम्झौता भएको हो ।
सबैभन्दा ठलो परियोजनाको रूपमा किङ्कर म्यानुफ्याक्चरिङ प्लान्ट परियोजनाका लागि ३२ अर्बको सम्झौता भएको छ । त्यस्तै, ग्रिन युरिया मानुफ्याक्चरिङ फेसिलिटी परियोजना २६ अर्बको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
बायोइथानोल परियोजना ४ अर्ब, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट १ अर्ब १६ करोड, पाँचखपन हाइड्रो पावर सङ्खुवासभा १ अर्ब ४२ करोड, एग्रोभोल्टिक सोलर परियोजना ५ अर्ब ६० करोडमा सम्झौता भएको छ । इलेक्ट्रिक भेहिकल एसेम्ली प्लान्ट प्रोजेक्ट ३ अर्बको परियोजनामा पनि सम्झौता भएको छ ।
त्यस्तै, पवन सारडाले पशुपति इनर्जी प्रोजेक्ट कालागि १ अर्ब ६० करोडको एमओयुमा हस्ताक्षर गरेका छन्। विराटनगरका उद्योगी राजेन्द्र राउतले आरआर इन्टरनेशनल हस्पिटलकोलागि २ अर्ब ४८ करोडको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो अस्पतालको निर्माणको काम अहिले भइरहेको छ ।
पाँचतारे होटल एन्ड विराटनगर प्रोजेक्ट १ अर्ब ७५ करोडको लगानीमा कृषि विकास बैंकले ९५ करोड लगानी गर्ने सम्झौता भएको छ । त्यस्तै, बराहक्षेत्र केवलकार परियोजना अरुणकुमार सुबेदीले लगानी गर्ने भएका छन् । उनले धनकुटा र सुनसरीमा स्टेसन रहने गरी १६ अर्बको लगानीमा सम्झौता गरेका हुन् । उनी मुक्तिनाथ केबुलकारको लगानीकर्ता पनि हुन् ।
एक्सेस हस्पिटालिटी पाँच तारे होटल परियोजनामा २ अर्ब ३० करोड लगानीको सम्झौता भएको छ । सुरुङ्गा हुँदै, इलामबाट सन्दकपुरसम्म माउन्टेन पोेडवेका लागि २५ अर्बको लगानी गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. कोइरालाले जानकारी दिए । उनका अनुसार, मुर्कुची लिम्चुङबुङ हलेसी केबुलकार पोड रेल परियोजनाको १० अर्बको लगानीमा सम्झौता भएको छ ।
भेडेटार एसिया टिक रिसोर्टको लागि १८ करोडको लगानीमा सम्झौता भएको छ । पुण्य भट्टराईले भेडेटारमा एसिया टिक होटेल यसअघि सञ्चालन गरेर बन्द गरिसकेका छन् । विग हाउजिङ एन्ड कन्स्ट्रक्सन बिर्तामोडमा ६० करोडको सम्झौता भएको छ । त्यस्तै, भेडेटार मल्टिपर्पोज कम्प्लेक्सको लागि ३० करोडको लगानीमा हस्ताक्षर भएको छ भनेँ आईसिटीको तर्फबाट डिजिटल डेटा सेन्टर परियोजनामा २५ करोड र डिजिटल कोसी प्रदेशको लागि २२ करोड लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
बर्जुताल टुरिजम प्रोजेक्ट सुनसरीका लागि ४ अर्ब २८ करोडको लगानीमा रोजी राई प्रधानले सम्झौतामा हस्ताक्षर गरेकी छिन् । मल्टी स्टोरियो बस टर्मिनल काँकडभिट्टा परियोजनाको लागि ४० करोड, देउमाई कफी फार्मिंङ परियोजना २२ करोड, टर्मरी प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टर प्रोजेक्ट, बराहक्षेत्रको १९ करोड लगानी गर्ने गरी सम्झौता भएको छ ।
ग्रिन यार्ड एग्रो फार्म ४५ करोड, ओसिएन ट्रेडिङको २७ करोड, एग्रो प्रडक्ट ८० करोड, किवी फार्मिङ प्रोसेसिङ इण्डष्टिज एन्ड एग्रिकल्चिर टुरिजम प्रोजेक्ट २५ करोड, प्रेसिडेन्ट एग्रोटेक सुनसरीले २० करोड, शिव शक्ति वायोटेक परियोजना २७ करोड लगानीकोलागि सम्झौता भएको कोइरालाले जानकारी दिए ।
रासताल टुरिजम प्रोजेक्ट सुनसरीका लागि ८० करोड, वाटर पार्क प्रोजेक्टको २५ करोड, राजा ताल टुरिजम प्रोजेक्ट धनकुटा ३५ करोड, बुढीगंगा पार्क प्रोजेक्ट १७ करोड, राजा रानी टुरिजम प्रोजेक्ट लेटाङमा २३ करोड रहेको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए। यो सम्झौतासँगै कोशी प्रदेश सरकारले गरेको लगानी सम्मेलन सफल भएको जनाएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनमा सोचेको भन्दा धेरै लगानीमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे । बिहीबारदेखि सुरु भएको लगानी सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: बैशाख १९ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend