Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट हिँडेको बस धनकुटामा पुग्दा पल्टियो, एकजनाको मृत्यु, धरानका चालकसहित १३ जना घाइते (नामावलीसहित)

हाम्रो कोशी आवाज
बैशाख २२ २०८२, सोमबार
धरानबाट हिँडेको बस धनकुटामा पुग्दा पल्टियो, एकजनाको मृत्यु, धरानका चालकसहित १३ जना घाइते (नामावलीसहित)

धरानः धरानबाट भोजपुरतर्फ हिँडेको सार्वजनिक यात्रुवाहक बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
धरानबाट भोजपरतर्फ जाँदै गरेको को१ख २१७७ नम्बरको यात्रुबाहक बस धनकुटा-६ स्थित गोठगाउँमा पुगेपछि दुर्घटनामा परेको हो । सो बस सडकबाट केही मिटर तल पुगेर पल्टिएको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । दुर्घटनामा धनकुटा नगरपालिक-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको उनले जानकारी दिए । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार १३ जना यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर आफैं दुर्घटनामा परेको प्रहरीले जनाएको छ । धनकुटा बजारबाट करिब ३ किलोमीटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चारजना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा बस चालक धरान उपमहानगरपालिका-१३ का रुद्र तामाङ, यात्रुहरु सुनसरीको इटहरी उपमहानगरपालिका–४ आयुष राई, धनकुटा नगरपालिका-६ का धनकुमार विक, भोजपुर-११ का लिलाबहादुर श्रेष्ठ, धनकुटाको साँगुरीगढी-६ का दीर्घमाया राई, भोजपुरको षडानन्द नगरपालिका-१३ का सूर्यमणि तामाङ, अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, भोजपुरको पौवादुम्बा–३ का गंगाप्रसाद सापकोटा, भोजपुर नगरपालिका-११ का सविना बराइली, देवी विक, धनकुटाको साँगुरीगढी-६ हंशबहादुर राई रहेकोको प्रहरीले जनाएको छ ।  घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २२ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend