Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोजपुरमा ज्वाइँले गरे श्रीमतीसहित सासु-ससुरा र सालोको हत्या

हाम्रो कोशी आवाज
असार २२ २०८२, आइतबार
भोजपुरमा ज्वाइँले गरे श्रीमतीसहित सासु-ससुरा र सालोको हत्या

धरानः भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा चारजनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका आफ्नै ज्वाइँ राजेन्द्र राईले सासु–ससुरासहित चारजनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको हो ।
ज्वाइँ राजेन्द्रले ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चारजनाको हत्या गरेको उनले जानकारी दिए । माइतमा रहेकी मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनालगत्तै आइतबार बिहानको राति १ः१५ बजेको समयमा राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरेर ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भनेका थिए । ‘उनले मैले मान्छे मारें, मलाइ लिन आउनु भनेर हाम्रो कन्ट्रोलमा फोन गरेछन्’ प्रहरी निरीक्षक श्रेष्ठले भने । राईले आफू सुतिरहेको बेलामा छुरीले हानेर आफ्नो हत्या प्रयास भएपछि त्यही हतियारले सबैको हत्या गरेको बयान दिएका छन् ।
अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको टोलीले उनलाई रामप्रसादराई–१ हुर्बु भञ्ज्याङस्थित सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो । उनलाई पेटमा ३ ठाउँमा धारिलो हतियारले रोपिएको चोट रहेको अवस्थामा प्रहरीले फेला परेको थियो । उनको अवस्था गम्भीर भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय घोडाटारबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा ७ सदस्यीय टोली घटनास्थल पुगेको छ ।
प्रहरीका अनुसार घटना पारिवारिक विवादकै कारण भएको हुन सक्ने देखिएको छ । घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार २२ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend