Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोलामा डुबेर तीनजना बालकको मृत्यु

हाम्रो कोशी आवाज
असार २२ २०८२, आइतबार
खोलामा डुबेर तीनजना बालकको मृत्यु

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका-१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका–३ मेची खोलाको दोभानमा एकजना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी-१६ का रमेश खत्रीको ९ वर्षीय छोरा युनिस खत्री र इटहरी-५ का वुद्धि परियारको ११ वर्षीय छोरा हेमबहादुर परियार दहमा डुबेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुवै बालकको उद्दार गरी उपचारको लागि सान्बी सिटी अस्पताल इटहरी पुरयाउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
यसैगरी भद्रपुर–२ का अर्जुन लिम्बूको १३ वर्षीय छोरा अर्पण लिम्बू मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा प्रहरी चौकी किच्चकबदबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा मृत अवस्थामा बालकलाई फेला पारेको थियो ।

प्रकाशित मिति: असार २२ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend