Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोजपुर सामूहिक हत्या : चारै जनाको शव पोस्टमार्टम गर्न धरानमा

हाम्रो कोशी आवाज
असार २३ २०८२, सोमबार
भोजपुर सामूहिक हत्या : चारै जनाको शव पोस्टमार्टम गर्न धरानमा

भोजपुर: भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्नेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डले गाउँ शोकमा डुबेको छ। एकै परिवारका चार सदस्यको निर्मम हत्या भएपछि घटनाको गम्भीरता बढेको छ।
मृतकका शवहरू पोस्टमार्टमका लागि सोमबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। ‘फरेन्सिक जाँच आवश्यक भएकाले धरान पठाउनुपर्‍यो,’ भोजपुर प्रहरीका निमित्त प्रमुख, इन्स्पेक्टर दीपक श्रेष्ठले जानकारी दिए।
प्रहरी अनुसन्धानका अनुसार हत्या गर्ने व्यक्ति मृतक परिवारकै ज्वाइँ ३० वर्षीय राजेन्द्र राई हुन्। उनले आफ्नी १६ वर्षीया पत्नी मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।
हत्या गरेपछि राईले आफैं प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेपछि उनी पनि घाइते अवस्थामा भेटिएका थिए। उनका शरीरमा चोटका केही डामहरू भेटिएका छन् र हाल उनी धरानमै उपचाररत छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमतीलाई माइतीमै राखिएको विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो। त्यही विवादले चरम रुप लिएर हत्यासम्म पुगेको आशंका गरिएको छ।
गिरी परिवारका चार छोरा र दुई छोरीमध्ये तीन छोरा र एक छोरी काठमाडौं बस्दै आएका थिए। घटनाका बेला घरमा १ छोरी र १ छोरा मात्र रहेका थिए, दुबैको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: असार २३ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend