Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा श्रीमान–श्रीमती मृत भेटिए

हाम्रो कोशी आवाज
असार २९ २०८२, आइतबार
सुनसरीमा श्रीमान–श्रीमती मृत भेटिए

धरानः सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा ४० वर्षीय सुकदेव शर्मा र उनकी ३२ वर्षीया पत्नी सवेता खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

उनका अनुसार सुकदेव घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परे भने सवेता सुत्ने कोठाको ओछ्यानमै मृत अवस्थामा भेटिइन्।

बिहान ९ बजेतिर स्थानीयले घरभित्र दम्पती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाउनेबित्तिकै डीएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

सुवेताको माइती मोरङको कदमाह भएकाले उनीहरू आउनासाथ कानुनी प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ। घटना कसरी भयो भन्ने विषयमा यकिन नभएको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: असार २९ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend