Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वेवारिसे अवस्थामा ३२३ किलो गाँजा भेटियो

हाम्रो कोशी आवाज
साउन १ २०८२, बिहिबार
वेवारिसे अवस्थामा ३२३ किलो गाँजा भेटियो

धरानः मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३ सय २३ किलो गाँजा बरामद गरेको हो।
खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।
उनका अनुसार १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो। उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: साउन १ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend