Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यात्रुबाहक बसमा गाँजा भेटिएपछि समातिए, ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित पक्राउ

हाम्रो कोशी आवाज
साउन २ २०८२, शुक्रबार
धरानमा यात्रुबाहक बसमा गाँजा भेटिएपछि समातिए, ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित पक्राउ

धरानः धरानमा यात्रुबाहक बसमा गाँजा भेटिएपछि एक किशोर पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १३ निशाने डाँडास्थित कोशी राजमार्गमा अस्थायी प्रहरी चौकी अमरहाट धरानबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा ती किशोर पक्राउ परेका हुन् ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बसलाई निशानेमा छेकेर चेकजाँच गर्दा १० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा बसमा सवार मोरङ रंगेली नगरपालिका बस्ने १६ वर्षीय रोशन उप्रेती रहेका छन् । उनले बोकेको कालो झोलामा राखेको अवस्थामा लागूऔषध गाँजा फेला परेपछि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच झापाको बिर्तामोड नगरपालिका–५ बाट ठूलो परिमाणमा भण्डारण गरी राखेको प्रतिबन्धित औषधिसहित अर्जुनधारा नगरपालिका ६ का २५ वर्षीय विनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले बिर्तामोड–५ स्थितमा कोठा भाडामा लिई प्रतिबन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सूचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माइसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेटसहित पक्राउ गरेको छ ।
यस्तै, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुनबर्षी नगरपालिका–९ स्थितमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पञ्चायतका ३२ वर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा रायलाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका–१ स्थितबाट नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी हिले धनकुटाले शहिदभूमि गाँउपालिका–५ का २३ वर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रकाशित मिति: साउन २ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend