Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा सशस्त्र प्रहरीद्वारा ६ करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद

हाम्रो कोशी आवाज
साउन ४ २०८२, आइतबार
सुनसरीमा सशस्त्र प्रहरीद्वारा ६ करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद

धरानः सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१–८२ मा रु.६ करोड ९० लाख ३ सय ९२ बराबरको भन्सार छली तथा बिलबिजक नभएका अवैध सामान बरामद गरेको जनाएको छ ।
गण अन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले सो अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
भन्सार छली गरेर भित्रयाइएका ती अवैध सामग्रीहरू सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए । त्यस्तै, गत आर्थिक वर्ष २०८१÷८२ भरिमा मात्र रु.१८ लाख ७५ हजार १३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरि राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।
साथै, भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न ६४ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलले पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाएको छ ।
सीमामा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल पूर्ण सतर्क अवस्थामा रहेको जनाउँदै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजंग थापाले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए ।
उनले स्थानीय समुदायसँगको सहकार्य गरी थप मजबुत बनाउँदै, स्रोत, साधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइने जानकारी दिए ।

प्रकाशित मिति: साउन ४ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend