Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा रूखबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
साउन १६ २०८२, शुक्रबार
बराहक्षेत्रमा रूखबाट लडेर मृत्यु

धरानः सुनसरीको बराहक्षेत्रमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
कौशिका सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रुखबाट लडेर बराहक्षेत्र–८ हात्तीगौडे निवासी ५० वर्षीय रामबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बनेका विष्टलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइपुरयाइएको थियो । बाहिरी चोट खासै नदेखिएपनि उनको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी बाङ्गेका प्रहरी हवल्दार हेमकुमारी थापाले जानकारी दिइन् ।
भतिज एकराज विष्टका अनुसार उनी सधैंजसो घाँस काट्न वनतर्फ गइरहने गदर्थे ।

प्रकाशित मिति: साउन १६ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend