Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हलेसीबाट फर्किएका गाडी भीरमा खस्यो, १८ जना घाइते

हाम्रो कोशी आवाज
साउन १९ २०८२, सोमबार
हलेसीबाट फर्किएका गाडी भीरमा खस्यो, १८ जना घाइते

धरानः खोटाङको हलेसीबाट फर्किदै गरेको गाडी जयरामघाटमा भीरबाट खसेको छ । सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १८ जना तीर्थालु सवार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी भीरबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पुर्‍याएको छ ।
घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको राईको भनाइ छ । एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: साउन १९ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend