Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिजुलीको ट्रान्सफर्मर चोर्ने गिरोह समातिए

हाम्रो कोशी आवाज
साउन २० २०८२, मंगलबार
बिजुलीको ट्रान्सफर्मर चोर्ने गिरोह समातिए

धरानः कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरूले ०८१ माघ १५ गतेयता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट २२ वटा ट्रान्सफर्मर चोरी गरेको जानकारी गराएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले लगातार र संगठित रूपमा ट्रान्सफर्मर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी अनुसन्धानमा परिचालित गरेर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए ।
ट्रान्सफर्मर हुने तामा र तेलका कारण मुख्यतः चोरी गर्ने गरिएको पाइएको र सो चोरी गर्ने ७ जनासहित तामा किन्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुनकुमार माझी, इरज माझी, मोरङ बेलबारीका अर्जुन चौधरी, रञ्जित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयागकुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी छन् ।
यसैगरी चोरीको सामान खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन् । उनीहरूको घर र डेराबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरी गर्न प्रयोग गरिएका औजार, चोरीमा प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी बरामद गरेको छ ।

प्रकाशित मिति: साउन २० २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend