Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक तोला सुनको मूल्य दुई लाख छेऊमै

हाम्रो कोशी आवाज
साउन २३ २०८२, शुक्रबार
एक तोला सुनको मूल्य दुई लाख छेऊमै

धरानः नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड राखेको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो।
सुनको भाउ बिहीबार सोही मूल्यमा स्थिर थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: साउन २३ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend