Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्थानीय नेतृत्वले ध्यान नदिँदा सबै क्षेत्रमा असरः कानुनमन्त्री

हाम्रो कोशी आवाज
साउन २४ २०८२, शनिबार
धरानमा स्थानीय नेतृत्वले ध्यान नदिँदा सबै क्षेत्रमा असरः कानुनमन्त्री

धरानः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले धरानको समग्र बहुआयामिक विषय वस्तुहरुमा स्थानीय नेतृत्वले ध्यान नपुरयाउनले पनि यहाँको विकास, शिक्षा, स्वास्थ्यलगायत व्यापार–व्यवसायमा असर परेको बताएका छन् ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघ सुनसरी जिल्ला धरानको आयोजनामा गत असार ३० गते सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित कार्य समितिको लागि बधाई तथा शुभकामना बोल्दै उनले सो कुरा बताएका हुन् । उनले असार १० गते नै आउनुपर्ने बजेट हालसम्म पनि नआउनु दुर्भाग्य भएको समेत बताए । ‘राज्य सञ्चालनमा जनताको जनप्रतिनिधिको ‘म्यान्डेट’बेगर एक रुपैयाँ पनि खर्च गर्न पाइँदैन’, उनले भने, ‘यो संवैधानिक व्यवस्था भएपनि यसो भइरहेको छ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री भण्डारीले निजी क्षेत्र बलियो नभए कुनै पनि क्षेत्र अघि बढ्न नसक्ने समेत बताउँदै राज्यको ढुकुटी र राजश्व छ भने मात्रै विकास सम्भव रहेको बताए । उनले अहिले राजश्व परिचालन चानचुने नभएको बताउँदै कांग्रेस एमालेको सरकार बनेपछि निर्यात झण्डै डबल भएको बताउँदै दशकको प्रतिशतको हिसाबले राजश्व बढेको समेत बताए । उनले कोशी सरकार उद्योगी व्यवसायीको विकासको निमित्त अत्यन्तै गम्भीर बनेको समेत बताए ।
उनले लगानी सम्मेलन नै विशेष प्राथमिकता राखेको बताउँदै ५१ प्रोजेक्टमध्ये ३० वटा प्रोजेक्ट अगाडि बढेको बताए ।
कार्यक्रममा उद्योग तथा व्यवसायी महासंघका जिल्ला सह–सचिव हरिबहादुर कार्कीले गरेका थिए । कार्यक्रममा कोशी प्रदेश सांसद रमेश बस्नेत र नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारी (सुवेदी) नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, उद्योग तथा व्यावसायी महासंघ सुनसरी इन्चार्ज दिलकुमार लामिछाने, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ ऐभेङ, उद्योग वाणिज्य संघ सुनसरीका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोपाल श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रम काजी गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अपफाक अहमदले गरेका थिए ।
तस्वीरहरूः लक्ष्मण थापा

प्रकाशित मिति: साउन २४ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend