Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा डरलाग्दो दुर्घटना, तीनजनाको मृत्यु, ७ जना गम्भीर

हाम्रो कोशी आवाज
साउन २६ २०८२, सोमबार
सुनसरीमा डरलाग्दो दुर्घटना, तीनजनाको मृत्यु, ७ जना गम्भीर

धरानः सुनसरीमा दुर्घटना हुँदा तीनजनाको भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत भोक्राहा सडक खण्डमा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
११ जना सामान्य घाइते भएका छन् भने अन्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । काकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगर जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको हो । १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको छ । मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ।
दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटेको थियो । झापाको अर्जुनधारा नगरपालिका–१ बस्ने ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विङ्गरका चालक घाइते भएकाले उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २६ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend