Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बस र माइक्रो ठोक्किँदा चारजनाको मृत्यु (नामावलीसहित)

हाम्रो कोशी आवाज
साउन २६ २०८२, सोमबार
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चारजनाको मृत्यु (नामावलीसहित)

धरानः सुनसरीमा दुर्घटना हुँदा तीनजनाको भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित सडक खण्डमा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
काकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगर जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
दुर्घटनामा परी सुनसरीको कोशी गाउँपालिका ६ बस्ने ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधावे गाउँपालिका ६ बस्ने ३५ वर्षीय शंकर मण्डल, विराटनगरका अशोक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको विङ्गर भ्यानले बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए । दुर्घटनामा मोरङ सुन्दरहरैँचा नगरपालिका-९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका-०२ बस्ने निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, सप्तरी मन्धेव गाउँपालिका-६ बस्ने रवीन्द्र प्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका-५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिबसतासी नगरपालिका-५ बस्ने ३८ वर्षीय खगेन्द्र थापा घाइते भएका छन्।
यसैगरी झापाको भद्रपुर नगरपालिका-९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका-१ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली-३ बस्ने ३६ वर्षीय सविन राई, सप्तरी धिकुति गाउँपालिका-६ बस्ने रवीन्द्र मेहता, सप्तरीकै गोइठी गाउँपालिका-३ बस्ने ६८ वर्षीय जिवछ महात्मा, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी घाइते भएका छन्।
उनीहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, सप्तरीको राजविराज नगरपालिका-६ बस्ने १० वर्षीय रुद्र राय, विराटनगर महानगरपालिका-१० बस्ने ४८ वर्षीया शोभा यादव, सप्तरीकै राजविराज-१२ बस्ने ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी गाउँपालिका-५ बस्ने २२ वर्षीय रवि राय, राजविराज-२ बस्ने २४ वर्षीय भोला यादव घाइते भएका छन् ।
यसैगरी राजबिराजकै तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका-६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ बस्ने ३० वर्षीया अमृता राय घाइते भएका छन् । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
सप्तरीको राजविराज-४ बस्ने २१ वर्षीय सन्तोष बाँस्तोलाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

मृतक र घाइतेहरुको नामावली

१) जिल्ला मोरङ सुन्दर हरैंचा नगरपालिका ९ बस्ने वर्ष नखुलेको अम्बिका राई
२) जिल्ला खोटाङ रावावेसी गाउँपालिका २ बस्ने वर्ष नखुलेको निरुता परियार
३) ऐ. ऐ. बस्ने वर्ष ३८ को निर्मल परियार ।
४) जिल्ला सप्तरी मन्धेव गा.पा. ६ बस्ने वर्ष नखुलेको रविन्द्र प्र. मण्डल
५) जिल्ला उदयपुर चौदण्डीगढी न.पा. ५ बस्ने वर्ष–५० को रेनुका श्रेष्ठ
६) जिल्ला झापा शिवसतासी न.पा. ५ बस्ने वर्ष ३८ को खगेन्द्र थापा– सामान्य
७) ऐ. भद्रपुर न.पा. ९ बस्ने वर्ष ५३ को सन्तोष खत्री – सामान्य
८) जिल्ला उदयपुर बेलस्रोत न.पा १ बस्ने वर्ष–२० को दीपक विक सामान्य
९) जिल्ला इलाम चुलाचुली गा.पा.३ बस्ने वर्ष ३६ को सविन राई– सामान्य
१०) जि. सप्तरी धिकुति गा.पा. ६ बस्ने वर्ष नखुलेको रविन्द्र मेहता
११) ऐ.गोइठी गा.पा.३ बस्ने वर्ष ६८ को जिवछ महात्मा
१२) जिल्ला सप्तरी मधावे गा.पा. ६ बस्ने वर्ष अ. ३५ को शंकर मण्डलको मृत्यु भएको
१३) जिल्ला सुनसरी कोशी गा.पा. ६ बस्ने वर्ष अ. ७० को लक्ष्मण सदाको मृत्यु भएको
१४) ऐ. अस्पतालमा विराटनगर बस्ने अशोक यादव मृत्यु भएको
१५) जिल्ला खोटाङ हलेसी तुवाचुङ नपा १० बस्ने वर्ष ८४ को नेत्रलाल गिरीको टाउको दाहिने खुट्टामा अवस्था सामान्य डिस्चार्ज भई घरतर्फ गएको
१६) नेत्रलाल गिरीको छोरा वर्ष ३९ केदार गिरी बुबाछोरा दुवैजना डिस्चार्ज भई घर तर्फ गएको
१७) ऐ. अस्पतालमा १ जना मृतक अं. वर्ष ४५÷५० की महिला ।
१८) जिल्ला झापा अर्जुनधारा नपा १ साजनटार बस्ने चन्द्र राईको छोरा वर्ष अं. २० को सत्य राईको आँखाको परेलामा चोट अवस्था बोल्न सक्ने मध्यम
१९) जिल्ला सप्तरी राजविराज न.पा.–०६ बस्ने प्रकाश कुमार रायको छोरा वर्ष–१० को रुद्र राय घाइते
२०) जिल्ला मोरङ विराटनगर मनपा–१० बस्ने वर्ष–४८ कि सोभा यादव घाइते
२१) जिल्ला सप्तरी राजविराज न.पा.–१२ बस्ने वर्ष–४४को प्रमोद रजक ।
२२) ऐ. तिलाठी गा.पा.–५ बस्ने वर्ष–२२ को रवि राय घाइते
२३) ऐ. राजविराज न.पा.–२ बस्ने बर्ष–२४ को भोला यादव मध्यम
२४) जिल्ला सप्तरी राजबिराज तेतरी गाछी बस्ने वर्ष अं. ३५ को प्रदिप यादव घाइते
२५) जिल्ला सुनसरी कोशी गा.पा.६ श्रीपुर बस्ने वर्ष–६० को जोगिन्द्र दास (बाबा) मध्यम
२६) ऐ. डाक्नेश्वरी न.पा.–३ बस्न वर्ष ३० कि अमृता राय मध्यम ।
२७) जिल्ला सप्तरी राजविराज न.पा.–०४ बस्नेवबर्ष–२१ को सन्तोष बास्तोला मध्यम डिस्चार्ज (माइक्रोका सहचालक)

घाइतेको विवरण

१, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।

२, खोटाङ रावावेसि गापा– २ बस्ने  निरुता परियार ।

३  खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।

४,सप्तरी मन्धेव गापा– ६ बस्ने  रबिन्द्र प्रसाद मण्डल ।

५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।

६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा

७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।

८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।

९, ईलाम चुलाचुली  गापा– ३ का ३६ वर्षीय सविन राई ।

१० सप्तरीका रविन्द्र मेहता ।

११,  सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।

१२, खोटाङ हलेसी तुवाचुङ नपा १० का  ८४ वषीय नेत्रलाल गिरी ।

१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी

१४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।

१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा  १० वर्षीय रुद्र राय

१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।

१७, सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक  ।

१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।

१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव

२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव ।

२१,  सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास

२२,   सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय

२३, सप्तरी राजविराज– ४ का २१  वर्षीय सन्तोष बास्तोला ।

प्रकाशित मिति: साउन २६ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend