Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा तीनजना चढेको मोटरसाइकल दुर्घटनामा ज्यान गयो, मोरङमा रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १ २०८२, आइतबार
सुनसरीमा तीनजना चढेको मोटरसाइकल दुर्घटनामा ज्यान गयो, मोरङमा रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

धरानः सुनसरीमा तीनजना सवार मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–८ डुम्राहास्थित सडक खण्डमा इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको को३८प १६३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार रामधुनी–८ बस्ने २१ वर्षीय आनन्दसिंह खवासको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रामधुनी–८ कै मुकेश साह घाइते बनेका छन् भने मोटरसाइकल पछाडि बस्ने सोही स्थानका दीपनारायण चौधरी घाइते बनेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको मिक्लाजुङमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
मिक्लाजुङ गाउँपालिका ३ टाँडी रमिते भित्री कच्ची सडक खण्डमा रमितेबाट टाँडितर्फ आँउदै गरेको मे२प ९०९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकदेखि १० मिटर तल झरी पिठारीको रुखमा ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक मोरङ उर्लाबारी–४ बस्ने १७ वर्षीय आरब डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १७ वर्षीय अनुप थापा पनि घाइते बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend