Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोर कोरिडोरले सहज

हाम्रो कोशी आवाज
भाद्र १८ २०८२, बुधबार
तमोर कोरिडोरले सहज

धरानः सुनसरीको चतरासम्म यातायातमा सहजता ल्याउन थालिएको तमोर कोरिडोरको काम अहिले पनि भइरहेको छ । अहिले दुई लेनको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ भने ८० प्रतिशत खण्डमा ग्राभेल भइसकेको छ ।
सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथर, ताप्लेजुङसम्म पग्ने यो सडकको काम हालसम्म ११२ किमी कालोपत्रे गर्ने कामको लागि ठेक्का सम्झौता भएर केही खण्डमा काम पनि भइरहेको छ । धरानदेखि मेची लोकमार्ग हुँदै ताप्लेजुङसम्म पुग्न लामो दुरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । अहिले दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको र छोटो पर्ने भएकोले अधिकांशले यो बाटो नै प्रयोग गर्ने गरेको स्थानीय बिर्खबहादुर केरुन बताउँछन् । कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटमा भेटिएका उनले बिर्तामोडको बाटोभन्दा यो करिब ५-६ घण्टा छोटो पर्ने भएकोले यात्रा सहज बनाएको बताए । धरान जान यो बाटो एकदमै छोटो भएको उनी बताउँछन् ।
अहिले सो सडकमा पर्न आउने स्थानीयले होटल व्यवसाय सञ्चालन गर्दै आम्दानी पनि गर्न थालेको धनकुटाको साँगुरीगढीका दिलकुमार लिम्बू बताउँछन् । आफूले तमोर कोरिडोर आएपछि कृषि छाडेर होटल व्यवसाय थालेको उनले बताए । कोरिडोर हुँदै गुड्ने गाडीहरुको चाप बढेसँगै सडक छेऊछाउमा घर भएकाहरुले व्यापार व्यवसायबाट मनग्ये आम्दानी बढाएको उनको भनाइ छ । अहिले त्यहाँ जग्गाको किनबेचसमेत बढ्दै गएको उनी बताउँछन् । चालक जीवन सम्वाहाम्फेले अहिले यो बाटो प्रयोग गर्दा छिटो र सहज भएको बताए ।
भारत र चीनसँग जोड्ने छोटो मार्गको रुपमा समेत हेरिएको यस कोरिडोरले ग्रामीण तथा दुर्ग क्षेत्रहरूमा सडक सञ्जाल विस्तार गरी आर्थिक विकास, व्यापार, स्वास्थ्य, शिक्षामा सहजै पहुँच पुगेको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ११२ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ साल कार्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा ठेक्का लागेको थियो । अहिले मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर सडक कालोपत्रेको चरणमा छ । अबको तीन वर्षमा ६६ किलोमिटर सडकको सकिने सम्झौता छ । कोरिडोरमा चार अर्ब १६ करोडमा खर्च गर्दै कालोपत्रे दुई खण्डमा रौताहा क्षमादेवी जेभीले र एपेक्स कम्पनीसँग ठेक्का सम्झौता गरेको कोरिडोर सडक आयोजना प्रमुख प्रदीप निरौला बताउँछन् ।

प्रकाशित मिति: भाद्र १८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • १३ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend