Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा १२ जना थप कैदीबन्दी उपचाररत, १३ दिनमा तीनजनाको गयो ज्यान

हाम्रो कोशी आवाज
भाद्र १८ २०८२, बुधबार
धरानको बीपी प्रतिष्ठानमा १२ जना थप कैदीबन्दी उपचाररत, १३ दिनमा तीनजनाको गयो ज्यान

धरानः झुम्का कारागारमा बिरामी धेरै कैदीबन्दी बिरामी पाइएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार धरानस्थित बीपी प्रतिष्ठानमा आज बुधबार ६ जना र हिजो ६ जना गरी १२ जना उपचाररत छन् । अचानक स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।
रिंगटा लाग्ने, छाती, दुख्ने आलश्स्यता बढ्ने उनीहरुलाई तत्कालै प्रतिष्ठान भर्ना गरिएको थियो । अहिले १२ जनाको अवस्था ठीक हुँदै गएको प्रहरीले जनाएको छ । कैदीबन्दीहरू अचानक बिरामी पर्दै स्थिति असामान्य बन्दै गएपछि अहिले त्यहाँ थप चिकित्सक पुगेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो र शनिबार राति धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको थियो । दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
लगातार मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन समेत दिइसकेको छ । १३ दिनको अन्तरालमै झुम्का कारागारमा तीन कैदीको मृत्यु भइसकेको छ । यसअघि भदौ ४ गते धरान–१२ बस्ने भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको बीपी प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी मिश्रले कारागारमा मृत्युको घटनामा कुनै अन्य कारण नभएको समेत सुरक्षा समितिको अनुगमनबाट निष्कर्ष निकालिएको जानकारी समेत दिइसकेका छन् । बारम्बार बिरामी पर्ने सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा समितिले कैदीहरूको स्वास्थ्य विवरण संकलन गर्ने, गम्भीर बिरामीलाई स्थानान्तरण गर्ने लगायतका योजना अघि सारेको उनले बताए । हाल झुम्का कारागारका ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा १ हजार ७९४ जना कैदी रहेका छन् ।

प्रकाशित मिति: भाद्र १८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend