Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा गोली लाग्दा दुईजनाको मृत्यु, धरानको बीपी प्रतिष्ठानमा मृत घोषणा

हाम्रो कोशी आवाज
भाद्र २३ २०८२, सोमबार
इटहरीमा गोली लाग्दा दुईजनाको मृत्यु, धरानको बीपी प्रतिष्ठानमा मृत घोषणा

धरानः इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ ।
गोली लागेर मृत्यु हुने युवकको पहिचान खुलेको छ । जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका दुईमध्ये एकजनाको पहिचान खुलेको हो । मृत्यु भएकामध्ये इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले श्रेष्ठको मृत्यु भएको पुष्टि गरे । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएपछि चिकित्सकले दुईजनालाई मृत घोषणा गरेका हुन् । दोहोरो झडपका क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेको स्थानीय प्रशासनले जनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो ।
इटहरीस्थित नगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अपराह्न झडप भएको थियो । झडपपछि प्रशासनले इटहरीमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए ।
त्यसक्रममा प्रहरीले गोली चलाएको हो । आन्दोलनकारीले नगरपालिकाका एउटा भवनमा आगो लगाएका छन् ।
सोमबार उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: भाद्र २३ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend