Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा लागूऔषधसहित दुई किशोर पक्राउ

हाम्रो कोशी आवाज
असोज २ २०८२, बिहिबार
सुनसरीमा लागूऔषधसहित दुई किशोर पक्राउ

इटहरी : विशेष सूचनाका आधारमा सुनसरी प्रहरीको टोलीले इनरुवा नगरपालिका–४, बसचौकस्थित पूर्व–पश्चिम राजमार्गबाट लागूऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–५ का १७ वर्षीय दिप्सन कार्की र रामधुनी–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन् ।

उनीहरूलाई चेकजाँच गर्दा दिप्सनको साथबाट १.७४ ग्राम ब्राउनसुगर र ४४० पिस ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: असोज २ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend