धरानः सप्तकोशी नदीमा हामफाल्दा एकजना बेपत्ता भएका छन् । उनी अहिलेसम्म भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार शनिवार दिउँसो कोशी ब्यारेजको ६ नम्बरको ढोकाबाट हाम फाल्दा उनी बेपत्ता भएको र खोजी कार्य जारी रहेपनि अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता झापाको कमल गाउँपालिका ५ लखनपुरटोल बस्ने ६३ वर्षीय लैनबहादुर थापाको अवस्था अझै अज्ञात छ ।
चटपटे खाई सकेर चटपटेवालालाई आफ्नो लाइसेन्स जिम्मा दिई नदीमा हाम फालेको स्थानीयबासीले बताएका छन् । स्थानीयले प्रहरी चौकी कोशीव्यारेजमा जानकारी गराउन साथ प्रहरी वरिष्ठ नायव निरीक्षक बलराम यादवको कमाण्डमा ५ जना प्रहरी टोली खटीगई खोजतलास गर्दा हालसम्म फेला परेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनी के कति कारणले त्यहाँ आइपुगे भन्नेबारेमा हालसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनी घरबाटै भागेर त्यहाँ आइपुगेको जनाइएको छ ।