Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका ८ सय ७९ जना कैदी अझै फरार, दशैं मनाएर फर्किने योजनामा !

हाम्रो कोशी आवाज
असोज ८ २०८२, बुधबार
सुनसरीका ८ सय ७९ जना कैदी अझै फरार, दशैं मनाएर फर्किने योजनामा !

जेन–जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका ८ सय ७९ जना कैदी अझै पनि कारागारको सम्पर्कमा आएका छैनन्।
भदौ २४ गते कारागारबाट १ हजार ५ सय ७५ जना कैदीबन्दी भागेका थिए। झुम्का कारागारका जेलर सुवास लामिछानेका अनुसार फरार कैदीमध्ये अझै पनि ८ सय ७९ जना कारागारको सम्पर्क बाहिर रहेका छन्।
उनले भने, ‘हालसम्म ६ सय ९६ जना मात्र सम्पर्कमा आएका छन्। फरारमध्ये अधिकांश सुनसरी जिल्लाभित्रका कैदी रहेका छन्। केही कैदी र उनको परिवारका सदस्यले भने आफूहरु कारागारमा आउने बताइरहेका छन्।’
फरार कैदीमध्ये भारतीय र भुटानका पनि रहेका उनले बताए। जेलर लामिछानेका अनुसार भारतीय र भुटानका गरी ६३ जना कैदी पनि फरार थिए। उनीहरूमध्ये हाल १० जना कैदी पुनः कारागारमा आइसकेका छन्।
उनले भने, ‘१ हजार ५ सय ७५ मध्ये भारतीय र भुटानी कैदी पनि हुन्। उनीहरु ६३ जना फरार भए। अहिले १० जना फेरी कारागारमा आइसकेपछि ५३ जना भने सम्पर्क बाहिर नै रहेका छन्।’
जेलर लामिछानेले सम्बन्धित निकायको समन्वयमा फरार कैदीको खोजी र सम्पर्क गर्ने कार्य भइरहेको बताए। दसैँ आइसकेको हुँदा धेरैले भने दसैँपछि आफैँ फिर्ता हुने कैदीका आफन्त र परिवारले बताएको कारागारको भनाइ छ।
१ हजार ५ सय जनाको क्षमताको सो कारारगारमा पुरुष कैदी मात्र राखिन्छ। कारागारमा कुल १ हजार ७ सय ९९ जना कैदीबन्दी रहेका थिए।

प्रकाशित मिति: असोज ८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend