धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–१, रानी खोलास्थित क्षेत्रमा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा रानी खोलाको छेउमा चेकजाँच गर्दा झाडीभित्र बोरामा प्याक गरी लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब १० केजी गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा लगिएको प्रहरीले जनाएको छ।