धरानः धरानबाट तमोर कोरिडोर हुँदै पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खसेको छ ।
तमोर नदी क्षेत्रमा जीप खस्दा ६ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन ५ का धनकुमार लिम्बू, दिपेश केदेम, मनिषा कार्की र मेरिङदेन–४ की गीता हाङगामको सनाखत भएको छ ।
यस्तै घाइतेहरुमा मेरिङदेन–५ का धनकुमार लिम्बू, मिक्वाखोला–४ का २५ वर्षीया मनु साँवा लिम्बू, ताप्लेजुङ सिदिङवा–२ का ७ वर्षीय अनिस लिम्वू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाई, मेरिङदेन ५ का २५ वर्षीय बिमल लिम्बू, ताप्लेजुङ मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् ।
घाइतेहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सबै घाइतेहरुको कम्मर र टाउकोमा चोट लागेको जनाइएको छ ।

धरानबाट पाँचथर जाँदै गरेको ना१च ५८२२ को बोलेरो गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । (अपडेटसहित)