Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाढी–पहिरोको कहरः इलाममा मात्रै १८ जनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज १९ २०८२, आइतबार
बाढी–पहिरोको कहरः इलाममा मात्रै १८ जनाको मृत्यु

धरानः अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्‍याएको छ।
पछिल्लो दुई दिन (हिजो र आज) गरी १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले उक्त जानकारी दिएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।
त्यस्तै माङसेबुङ गाउँपालिका-१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ ।
यससँगै इलाम जिल्लामा बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो ।

प्रकाशित मिति: असोज १९ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend