Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो (नामावलीसहित)

हाम्रो कोशी आवाज
असोज १९ २०८२, आइतबार
इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो (नामावलीसहित)

धरानः इलाममा गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।
शुक्रबारदेखि परेको अविरल वर्षापछि खसेको पहिरोमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। प्रहरीका अनुसार इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोमा परेर २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ ।
त्यसैगरी सन्दकपुर गाउँपालिका–१ छाँगेमा छबि धन राईको घरमा पहिरो जाँदा ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको ज्यान गएको छ।
माईजोगमाई गाउँपालिका–३ प्याङमा बर्मलाल सोङमीको घरमा गएको पहिरोबाट बर्मलाल (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र १४ वर्षीया प्रकृती सोङमीको ज्यान गएको छ ।
सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा राजु क्षेत्रीको घरमा पहिरो जाँदा मनमाया क्षेत्री (६५), रस्मिका क्षेत्री (१०), दोलखाका दिप बस्नेत (४५), उनकी श्रीमती भवानी बस्नेत (४४) र छोरी दिव्या बस्नेत (१२) को मृत्यु भएको छ ।
देउमाई नगरपालिका–५ ढुसेनीमा दिपक लिम्बुको घरमा पहिरो जाँदा दिपक (३०), श्रीमती ऋषिका लिम्बु (२७), छोरी दिपिस्का लिम्बु (१०), भतिजा सौजन लिम्बु (९) र सौगात लिम्बु (११) को ज्यान गएको हो । सोही वडाको झारेमा मनकुमार लिम्बुको घरमा पहिरो जाँदा छोरा रोशन लिम्बु (२२) र बुहारी बेबिसा राई (२२) को मृत्यु भएको छ ।
यस्तै, देउमाई–३ लक्ष्मीबोटेमा गणेश मगरको घरमा पहिरोले २८ वर्षीय कृष्ण मगरलाई पुर्‍याएको छ । माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा मदन लिम्बुको घरमा पहिरो जाँदा आमा कृष्णमाया लिम्बु (५७), फुपु माया लिम्बु (५०) र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा गाईगोठ हेर्न गएका २८ वर्षीय सुरेश लिम्बु पहिरोमा पुरिएर मृत भेटिएका छन् । माईजोगमाई–६ ओडारेमा भक्तबहादुर थेवेको घरमा गएको पहिरोले २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे र ३ वर्षीया मुनुसा थेवेको ज्यान लिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ५ जनाको सकुशल उद्दार गरिएको छ । अन्य बेपत्ता भएकाहरूको खोजी र राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरो प्रभावित स्थानहरूमा स्थानीय बासिन्दा, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
इलामका विभिन्न बस्तीमा अझै पनि पहिरोको जोखिम उच्च रहेको र मौसम नखुलुञ्जेल उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।

 

प्रकाशित मिति: असोज १९ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend