Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा विपद् : ४३ को मृत्यु, २६ हजारभन्दा बढी विस्थापित

हाम्रो कोशी आवाज
असोज २० २०८२, सोमबार
कोशी प्रदेशमा विपद् : ४३ को मृत्यु, २६ हजारभन्दा बढी विस्थापित

कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन्। २६ हजार ९८४ जना मानिस विस्थापित भएका छन्।
प्रहरीका अनुसार सबैभन्दा बढी इलाम जिल्ला प्रभावित भएको छ। इलामका विभिन्न स्थानमा ३७ जनाको मृत्यु भएको छ। पाँचथर र मोरङ र उदयपुरमा २–२ जना र खोटाङमा ३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ।
मनसुनजन्य घटनामा परी प्रदेशभरि १० जना घाइते भएका छन्। पाँचथर, खोटाङ र भोजपुरमा घाइतेको संख्या बढी छ। इलाममा १ जना व्यक्ति बेपत्ता छन्।
बाढी र पहिरोले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घर का २६ हजार ९८४ जना विस्थापित भएका छन्।
प्रहरीले विपद्का घटनामा फसेका ५३२ जनाको सकुशल उद्धार गरेको जनाएको छ। विपद्का कारण १६ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्।

प्रकाशित मिति: असोज २० २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend