इटहरी उपमहानगरपालिका-९ साथी पेट्रोलपम्प नजिकै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बुधबार साँझ इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को२च ८६३ नम्बरको स्कारपियोले बाटो काट्दै गरेका पैदलयात्री विराटनगर–१२ घर भई इटहरीस्थित भवानी प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ४० वर्षीय अच्युतप्रसाद बराललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनीलाई इटहरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । उपचारका क्रममा बुधबार राति करिब राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कारपियो र चालक मोरङ सुन्दरहरैंचा–८ निवासी २२ वर्षीय सञ्जय सग्रौलालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतकको शव अहिले बीपी प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।