Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केशव खनालको लाहुरी भैंसीले जोर पाडा जन्मायो

हाम्रो कोशी आवाज
कार्तिक ५ २०८२, बुधबार
केशव खनालको लाहुरी भैंसीले जोर पाडा जन्मायो

खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी-१५, बिजयखर्कस्थित बसेरीका किसान केशव खनालको लाहुरी भैंसीले जोर पाडा जन्माएपछि गाउँभरि उत्साह र कौतूहलको माहोल छाएको छ । बुधबार बिहान खनालको गोठमा रहेको भैंसीले दुईवटा स्वस्थ पाडा जन्माएको खबर गाउँभरी फैलिँएपछी स्थानीय बासिन्दा भैंसी र पाडा हेर्नेको भिड लाग्न थालेको छ । भैसीले एक एकवटा पाढो र पाढी जन्माएको छ ।
किसान केशव खनालका अनुसार उक्त लाहुरी भैंसीले पहिले पनि राम्रो उत्पादन दिँदै आएको थियो । हाल करिब १५ कुरुवा दूध दिने सो भैंसीले यसपटक जोर पाडा जन्माएपछि उनी निकै उत्साहित छन् । “पहिलो पटक यस्तो घटना मेरो गोठमै भयो,” खनालले भने, “दुईवटै पाडा स्वस्थ छन् र भैंसी पनि राम्रो अवस्थामा छ ।”
छिमेकी ऋषि खनालले पनि यस्तो घटना गाउँमा पहिलो पटक भएको बताए । उनका अनुसार सामान्यतया भैंसीले एउटा मात्र पाडा जन्माउने गर्छ, तर जोड पाडा जन्माउनु दुर्लभ कुरा हो । “हामीले सुनेका त धेरै कथा थिए, तर आफ्नै गाउँमा यस्तो देख्न पाउँदा अचम्म र खुसी लागेको छ,” उनले भने ।
स्थानीयहरू अहिले जोर पाडा हेर्नका लागि खनालको गोठतिर धाउन थालेका छन् । कतिपयले यसलाई शुभ संकेतका रूपमा लिएका छन् भने केहीले वैज्ञानिक कारणबारे चासो देखाइरहेका छन् । पशु चिकित्सकहरूका अनुसार यस्तो घटना सयौँमा एक वा हजारौँमा एक भैंसीमा मात्र हुने गर्दछ ।
जोर पाडा जन्माएपछि केशव खनालको भैंसी अहिले खोटाङ जिल्लामै चर्चाको विषय बनेको छ । गाउँलेहरूका अनुसार केश?वको भैंसी अहिले गाउँको चर्चित बनेको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend