पाँचथर : मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले छोरालाई गोली हानी हत्या गरेको घटना सार्वजनिक भएको छ ।
स्थानीय ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आइतबार दिउँसो करिब साढे ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिंघकलाई गोली प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिषकुमार कर्णका अनुसार मादक पदार्थ सेवन गरेका बखतसिंहले घर पछाडिको बारीबाट करिब १०० मिटर दूरीमा रहेका छोरामाथि गोली चलाएका थिए।
गोली दाहिने कुम, कञ्चट र छातीमा लाग्दा सफलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले बखतसिंहलाई प्रयोग गरिएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।
प्रहरीले हाल घटनाको कारण र पृष्ठभूमि सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।