Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गएराति बस दुर्घटना, एकजनाको मृत्यु, २१ घाइते

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८२, बुधबार
गएराति बस दुर्घटना, एकजनाको मृत्यु, २१ घाइते

धरानः दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उपचार गराइरहेका घाइतेमध्ये २० जना उपचारपछि आज बिहान डिस्चार्ज भएका छन् भने १७ वर्षीय सपना श्रेष्ठको अहिले पनि उपचार जारी छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
यी हुन् मृतक र घाइते
१.जि. मोरङ मिक्लाजुङ गा.पा.३ बस्ने बर्ष ३६ को भिम बहादुर मगर उपचारको क्रममा ऐ.१२ गते ००:२८ बजे डक्टरले मृत घोषणा गरेको लास तत्काल सोही अस्पतालमा रहेको।
२. ऐ.ऐ.बस्ने बर्ष ४१ कि सिता मगर- बहिरि चोट नदेखिएको, अबस्था सामान्य।
३. निजकै छोरा बर्ष १३ को योगेश मगर- छातीमा चोट, अबस्था सामान्य।
४. ऐ.ऐ. बस्ने गोबिन्द श्रेष्ठको छोरा बर्ष १४ को विपिन श्रेष्ठ- अनुहारमा चोट अबस्था सामान्य।
५. ऐ.ऐ. बस्ने बर्ष १७ कि सपना श्रेष्ठ- पेटमा चोट अबस्था सामान्य।
६. ऐ.ऐ. बस्ने बर्ष ३२ कि नन्दमाया मगर- ढाडमा चोट अबस्था सामान्य।
७. ऐ.ऐ. बस्ने बर्ष १८ को आशिन लिम्बु- टाउकोमा चोट अबस्था सामान्य।
८. ऐ.ऐ. बस्ने बर्ष ५५ कि राम कुमारी मगर- छातीमा चोट अबस्था सामान्य।
९. ऐ.ऐ. बस्ने बर्ष ४५ कि सिता मगर- छाती र पेटमा चोट अबस्था सामान्य।
१०. ऐ.ऐ. बस्ने सुरेश दर्जीको छोरी बर्ष १४ कि रोनिशा दर्जी- छातीमा चोट आतिएर बेहोस भएकी अबस्था सामान्य।
११. ऐ.ऐ. बस्ने बर्ष ५७ को टंक बहादुर गुरुङ टाउकोमा चोट अबस्था सामान्य।
१२. ऐ.ऐ. बस्ने डम्बर श्रेष्ठको छोरा बर्ष ९ को साजन श्रेष्ठ- बाँया हातमा चोट अबस्था सामान्य।
१३. ऐ.ऐ. बस्ने बर्ष २८ कि बिष्णु कुमारी लिम्बु बाँया हातमा चोट अबस्था सामान्य।
१४. ऐ.ऐ. बस्ने कृष्ण भुजेलको छोरा बर्ष १५ को निकेश भुजेल, दाहिने खुट्टामा चो अबस्था सामान्य।
१५. ऐ.ऐ. बस्ने निर्मल राईको छोरा बर्ष १४ को शिसिर राई, दाहिने हात र टउकोमा चोट अबस्था सामान्य।
१६. ऐ.ऐ. बस्ने बर्ष ४७ को प्रेम रसाईली, दाहिने हातमा चोट अबस्था सामान्य।
१७. निजकै श्रीमती बर्ष ४५ कि रुपा रसाईली, ढाडमा चोट अबस्था सामान्य।
१८. निजकै छोरा बर्ष ८ को सन्दिप रसाईली, बाँया हातमा चोट अबस्था सामान्य।
१९. ऐ. ६ बस्ने भवानी श्रेष्ठको छोरा बर्ष १६ को राजन श्रेष्ठ, टाउकोमा चोट अबस्था सामान्य।
२०. ऐ.ऐ. बस्ने फुलमाया जोगीको छोरी बर्ष १५ कि एन्जिला जोगी,पेटमा चोट अबस्था सामान्य।
२१. ऐ.ऐ. बस्ने बर्ष २२ कि पुनम मगर, बाँया हातमा चोट अबस्था सामान्य।

प्रकाशित मिति: कार्तिक १२ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend