Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटक लिन पुगेको हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटनामा

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८२, बुधबार
पर्यटक लिन पुगेको हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटनामा

धरानः सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो ।
सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।
हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।
सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको अल्टिच्युट एयरको हेलिकोप्टर खराब मौसमबीच आज बिहान पौने ८ बजे लुक्लाबाट उडेको खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अल्टिच्युट एयरको ९ एन एएमएस सो हेलिकोप्टर लुक्लाबाट बिहान पर्यटक उद्दारका लागि लोबुचे हेलिप्याड पुगेको थियो ।
हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्रै सवार रहेको प्रवक्ता भुलले जानकारी दिए । दुर्घटनापछि क्याप्टेन खड्कालाई लुक्ला ल्याइएको छ ।

प्रकाशित मिति: कार्तिक १२ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend