Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान–धनकुटा सडक चारखाले गोलाईमा भासियो

हाम्रो कोशी आवाज
कार्तिक १४ २०८२, शुक्रबार
धरान–धनकुटा सडक चारखाले गोलाईमा भासियो

धरानः अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक भासिएको छ ।
साँगुरीगढी–६ चारखाले गोलाईमा सडक भासिएको हो । सडक भासिएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमसहितका पहाडी जिल्ला जाने यातायात एकतर्फीरुपमा सञ्चालन भइरहेको छ ।
अहिले साना सवारी गुडेपनि ठूला सवारी साधन गुड्न सकेका छैनन् । कोशी प्रदेशमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण तमोर करिडोर, भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका छन् ।
तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिए । तस्वीरः कविराज घिमिरे

प्रकाशित मिति: कार्तिक १४ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend