Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छोराले चिर्पट प्रहार गर्दा गयो बाबुको ज्यान

हाम्रो कोशी आवाज
कार्तिक १७ २०८२, सोमबार
छोराले चिर्पट प्रहार गर्दा गयो बाबुको ज्यान

पाँचथरको हिलिहाङ गाउँपालिका– १ फेदापमा छोराले बुबाको हत्या गरेका छन् ।
६९ वर्षीय युवराज राईलाई उनका छोरा ३१ वर्षीय सन्देश राईले चिर्पट प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
अत्याधिक मादक पदार्थ सेवन गरी उनीहरूबीच विवाद भएको खुल्न आएको छ । अंशको विवादमा चिर्पट प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । मृतकको शरीरको विभिन्न भागमा चोटपकट रहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न छोरालाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी कर्णले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक १७ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend