Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा पहिलोपटक थारु समुदायको चलचित्र ‘बहौरिया’ को छायाङ्कन शुरु

हाम्रो कोशी आवाज
कार्तिक २८ २०८२, शुक्रबार
मोरङमा पहिलोपटक थारु समुदायको चलचित्र ‘बहौरिया’ को छायाङ्कन शुरु

धरानः नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ ।
चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरीले गरिरहेका छन् भने फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरीले लेखेकी हुन् । नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरीले संयुक्तरूपमा निर्माण गर्दैछन् ।
‘अबको चलचित्र ऐतिहासिक बनाइएन भने दर्शक स्रोताको मन जित्न सकिँदैन, त्यसैले वर्षौदेखिको कथावस्तु हरतरहले समेट्ने कोसिसमा छौं’ थारु संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा समेट्नेछौं’, निर्देशक परशुराम भन्छन् ।
‘बहौरिया’ थारु समाजको पौराणिक अवस्था र आधुनिक समयसम्म आइपुग्दा भएको सामाजिक–आर्थिक रूपान्तरणको कथा हो, रिशन भन्छन्, ‘पहिले जमिन्दार वर्गले दुई–तीन वटा विवाह गर्ने चलन थियो, जसको सामाजिक प्रभाव गहिरो थियो । अहिले त्यस्तो परम्परामा आएको परिवर्तन र समाजले पाएको चेतनाको सन्देश यो चलचित्रले दिनेछ ।’

थारु समुदायकै कलाकारको सहभागिता
फिल्ममा मुख्य भूमिकामा वीर चौधरी र ममता चौधरी रहेका छन् । यी दुई कलाकारले यसै फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा औपचारिक डेब्यु गरेका हुन्। वीर चौधरी कैलालीका चर्चित मोडल हुन् भने ममता चौधरी नवलपुरकी लोकप्रिय मोडल तथा डान्सर हुन् । कैलालीकी चर्चित गायिका तथा मोडल संगिता चौधरी ले पनि यसै चलचित्रमार्फत् अभिनयमा डेब्यु गरेकी छन् ।
त्यसैगरी फिल्ममा निर्देशक परशुराम चौधरी स्वयं, रेणु चौधरी, प्रदीप बास्मैत, संगिता चौधरी, मन्जय चौधरी, ज्ञानिसा चौधरी, पुनम चौधरी, सुजता चौधरी, ज्ञान चन्द चौधरी, पाण्डव चौधरी लगायतका कलाकारहरूको दमदार अभिनय रहनेछ ।
संस्कृति र पहिचान
नेपालकै पहिचान, संस्कृति, भाषा, र भौगोलिक विविधता झल्काउने फिल्महरूलाई दर्शकहरूले गर्वका साथ हेर्छन्। उदाहरणः “कार्की,” “जारी,” “ए मेरो हजुर” जस्ता फिल्महरूले स्थानीय संस्कृतिलाई उठाएका छन् ।
भावनात्मक जोड र सन्देश
मनोरञ्जन मात्र होइन, जीवनसँग सम्बन्धित सन्देश वा सोच दिन सक्ने चलचित्रहरूको माग बढेको छ। उदाहरणः “प्रकाश,” “डेड बडी,” “आमा” जस्ता फिल्महरूले दर्शकलाई सोच्न बाध्य बनाएका छन् ।
डिजिटल उपस्थितिको प्रभाव
ट्रेलर, प्रमोशन, र कलाकारहरूको सोशल मिडिया सक्रियताले पनि दर्शकको रुचि निर्धारण गर्छ। अनलाइन चर्चित फिल्म हलमा पनि सफल हुने सम्भावना बढी हुन्छ।

 

प्रकाशित मिति: कार्तिक २८ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १५ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend