Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी उद्योग वाणिज्य संघको पदाधिकारी चयन

हाम्रो कोशी आवाज
मंसिर ८ २०८२, सोमबार
सुनसरी उद्योग वाणिज्य संघको पदाधिकारी चयन

धरानः सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते सम्पन्न बैठकबाट पदाधिकारीहरुको चयनले पूर्णता पाएको छ ।
संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के, तृतीय उपाध्यक्षमा राजेश अग्रवाल चयन भएका छन् । त्यसैगरी उद्योग सचिवमा नारायण लिम्बू, वाणिज्य सचिव नविन राजभण्डारी, प्रचार तथा संगठन सचिव विष्णु बराल, सचिव (महिला) वर्षा अग्रवाल र सह–कोषाध्यक्ष राजु साह चयन भएका छन् । महासचिव र कोषाध्यक्षमा प्रभाव खतिवडा र शैलेसकुमार आचार्य (प्रमोद) प्रथम बैठकबाटै चयन भइसकेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघको गत असार ३० गते सम्पन्न निर्वाचनपछि अध्यक्ष गोपाल श्रेष्ठले विधान संशोधनका लागि समिति गठन गरि गत २०८२ मंसिर १ गते सम्पन्न विशेष साधारण सभाबाट विधान संशोधन भएको थियो । “हालको समय सापेक्ष विधान संशोधन गर्नुपर्ने आवश्यकता रहेकोले मेरो पहिलो कार्य नै विधान संशोधन गर्नु थियो, र सबैको सहयोगबाट विधान संशोधन सफल भयो” श्रेष्ठले बताए ।
विधान संशोधन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विधान संशोधन समितिका संयोजक, सदस्य र सल्लाहकारहरु प्रतिपनि श्रेष्ठले आभार प्रकट गरे । संशोधित विधान अनुसार कार्यसमितिको सदस्य पनि मनोनित गरिएको थियो, उद्योग सदस्य (महिला) मा सबिता चाम्लिङ्ग राई, वाणिज्य संदस्य (महिला) ज्ञानशोभा शाक्य, ठूला उद्योग सदस्य सञ्जय अटल र वस्तुगत सदस्यतर्फ प्रदीप गहतराज मनोनित भएका थिए । त्यसैगरी कार्यसमिति सदस्यमा काजी गिरी, सन्दीप शाक्य, रमा चौहान, मनिष खड्गी र सन्तोष वि.क. मनोनित भएका थिए भने विज्ञ सदस्यमा शुभेच्छा अधिकारी र प्रकाश जैन डाँगा मनोनित भएका थिए ।

प्रकाशित मिति: मंसिर ८ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend