Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा मन्त्रीद्वारा निरीक्षण

हाम्रो कोशी आवाज
मंसिर १८ २०८२, बिहिबार
धरानको बीपी प्रतिष्ठानमा मन्त्रीद्वारा निरीक्षण

धरान : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेकी छन्।
मन्त्रीसँगै स्वास्थ्य सचिव डा. विकास देवकोटा, कोशी प्रदेश स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे र कोशी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. सुरेश मेहेता पनि सहभागी थिए।
भ्रमण टोलीलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ नेतृत्वमा पदाधिकारीहरूले उपकुलपति कार्यालय प्राङ्गणमा स्वागत गरेका थिए।
स्वागतपछि प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम गरियो ।
कार्यक्रममा मन्त्री गौतमले प्रतिष्ठानको आगामी सिनेट बैठकको तयारी, संस्थागत समस्या तथा कार्यरत जनशक्तिको कार्य–परिस्थितिबारे प्रत्यक्ष जानकारी लिन आफू आएको बताइन्।
उनले नयाँ सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण र स्वास्थ्य प्रणाली सुधार रहेको भन्दै देशभरका स्वास्थ्य संस्थाको निरीक्षण जारी रहेको जानकारी दिइन्।
अन्तर्क्रियामा उपकुलपति श्रेष्ठले प्रतिष्ठानको हालको अवस्था, चुनौती र आवश्यकता सम्बन्धी प्रस्तुति दिए। मन्त्रीले उठाएका प्रश्नहरूको जवाफ उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक तथा डिनहरूले दिएका थिए।
केही विभागीय प्रमुखहरूले विभागगत समस्या तथा स्रोत–साधन अभावका मुद्दा मन्त्रीसमक्ष राखेका थिए।

प्रकाशित मिति: मंसिर १८ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend